काठमाडौं । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि १७ जेठमा नयाँ दिल्ली पुगेका प्रचण्ड र समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार नै दुई देशबीच सात समझदारी/सम्झौता भएको थियो । त्यसैदिन संयुक्त पत्रकार सम्मेलनमार्फत समकक्षी मोदीसँगै उभिएर भेटवार्ताबारे प्रचण्डले भए गरिएका सहमति/सम्झौताबारे जानकारी दिएका थिए ।
विपक्षी दलले मात्रै नभएर स्वयं माओवादी केन्द्रकै नेता–कार्यकर्ताले प्रचण्डको आलोचना गरिरहेका छन् । पूर्वप्रधानमन्त्री एवं प्रचण्डका पुराना सहयोद्धा बाबुराम भट्टराईले त्यही तस्वीर राखेर समाज र देशको दिशाबारे प्रश्न उठाएका छन् । ‘हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?’ भट्टराईले फेसबुकमा लेखेका छन् ।