इलेक्ट्रोनिक भोटिङ मेसिनको तयारी हामीले हिजो रातिसम्म पूरा गरिसकेका छौं । सबै मेसिन तयार अवस्थामा छन् । अहिले हामी उम्मेदवारहरूको अन्तिम नामावली पर्खिरहेका छौं । फोटोसहितको अन्तिम नामावली प्राप्त भएपछि त्यसलाई प्रत्येक मेसिनमा अपलोड गर्नुपर्छ । मेसिनहरू पूर्ण रूपमा अफलाइन भएकाले हरेक मेसिनमा अलग–अलग रूपमा डाटा राख्नुपर्छ ।
हामीले यो कामका लागि १०–१५ घण्टाको समय मागेका थियौं । तर अहिलेको परिस्थितिमा त्यति समय उपलब्ध हुने देखिँदैन । त्यसैले समानान्तर रूपमा विभिन्न टोली परिचालन गरेर ५–६ घण्टाभित्र मेसिन सेटअपको काम सक्ने योजना बनाएका छौं ।
अन्तिम नामावली आएपछि एक प्रतिनिधिले मतदान गर्न कति समय लाग्छ ?
यसपटक प्रतिनिधिहरूले ९९ जनासम्म उम्मेदवार छान्नुपर्ने भएकाले एक व्यक्तिले मतदान गर्न औसत १५ देखि १८ मिनेट लाग्ने अनुमान गरेका छौं ।





