Friday, November 14, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

हलमा लागे नीरफूल, हेम्जाकोट र ट्रान्सफर्मर्स

Hamro Prabhav by Hamro Prabhav
२ बर्ष अगाडि
in समाचार
0
हलमा लागे नीरफूल, हेम्जाकोट र ट्रान्सफर्मर्स
171
SHARES
311
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । शुक्रबारदेखि नेपालमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । दुई नेपाली फिल्महरु ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ र हलिउडको ‘ट्रान्सफर्मर्स : राइज अफ द बिस्ट्स’ छन् । भिन्न जनराका यी तीन फिल्म अलग स्वाद रुचाउने दर्शकका लागि रुचिकर हुन सक्छन् ।

फूलमान बल निर्देशित ‘नीरफूल’ले २०७२ सालमा आएको विनाशकारी भूकम्पले धादिङको उत्तरी रुबीभ्यालीको एक परिवारमा ल्याएको असरको कथा भन्छ । दयाहाङ राई, शान्ति वाइबा र जिग्मे छ्योकी घिसिङको शीर्ष भूमिका रहेको यो फिल्म भूकम्पपछिको ग्रामीण सेटिङमा निर्माण भएको छ ।

रुबी उपत्यकाका गोठालाहरूको सानो र सुन्दर परिवारमा बुबा (दयाहाङ राई), आमा (शान्ति वाइबा) र एउटी छोरी (जिग्मे छ्योकी) छन् । आकांक्षा ठूलो हुँदै गएपछि बुबाले भेडापालन छाडेर छोरीलाई राम्रो शिक्षा दिने र श्रीमतीका लागि स्याफ्रुबेसीमा घर बनाउने आशा लिएर विदेश उडेका छन् । तर गाउँमा अचानक आएको विनाशकारी भूकम्पले परिवार टुटेको छ । के आमा, छोरी र बुबाको पुनः मिलन हुनेछ ? यी तीन पात्रको कथालाई फिल्म ‘नीरफूल’मा प्रस्तुत गरिएको छ ।

प्यारेन्टल गाइड अर्थात् पीजी (बाल दर्शकले अभिभावकको साथमा हेर्नुपर्ने) रेटिङ प्राप्त गरेको यो फिल्मको लम्बाइ १३३ मिनेट छ । यसलाई ड्रामा जनरामा राखिएको छ ।

ड्रामा जनरामा राखिएको ‘वेलकम टु हेम्जाकोट’लाई सरोज पौडेलले निर्देशन गरेका हुन् । विनोद न्यौपाने, बुद्धि तामाङ, सन्दीप सिग्देल र अम्बिका तामाङको शीर्ष भूमिका रहेको फिल्मले कास्कीको हेम्जाकोट गाउँका तीन मिल्ने केटा साथीको कथा भन्छ । केही वर्षअघि रुकुम जिल्लामा अन्तरजातीय प्रेमका कारण भएको घटनासँग मिल्दोजुल्दो मध्यमवर्गीय युवायुवतीको संघर्ष र अन्तरजातीय प्रेमको कथावस्तुमा यो फिल्म आधारित छ ।

पीजी सर्टिफिकेट पाएको यो फिल्मको लम्बाइ दुई घण्टा १५ मिनेट छ ।

साइन्स फिक्सन र एक्सन जनरामा निर्माण भएको हलिउडको ‘ट्रान्सफर्मर्स : राइज अफ द बिस्ट्स’ पनि शुक्रबारदेखि नेपाली हलमा प्रदर्शनमा आएको छ । स्टिभन क्यापल निर्देशित यो फिल्मको शीर्ष भूमिकामा एन्थोनी रामोस, डोमिनिक फिसब्याक, डोमिनिक डी रोसाको शीर्ष भूमिका छ ।

जब ट्रान्सफर्मर्सको नयाँ नश्ल अटोबोट्स म्याक्सिमल्स सन् १९९० मा भिड्छन्, तब यी दुईबीचको लडाइँ अर्को चरणमा प्रवेश गर्छ । यसले ट्रान्सफर्मर कथामा नयाँ युगको सुरुवात गरेको छ । पीजी सर्टिफिकेट पाएको यो फिल्मको लम्बाइ १२७ मिनेट छ ।

Previous Post

कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ

Next Post

पहिचानवादीहरुलाई सरकारको सन्देश : अराजक गतिविधि मान्य हुँदैन

Hamro Prabhav

Hamro Prabhav

Next Post
पहिचानवादीहरुलाई सरकारको सन्देश : अराजक गतिविधि मान्य हुँदैन

पहिचानवादीहरुलाई सरकारको सन्देश : अराजक गतिविधि मान्य हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
हायातबाट टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ

हायातबाट टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ

२४ कार्तिक २०८२, आईतवार
काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

२४ कार्तिक २०८२, आईतवार
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

२४ कार्तिक २०८२, आईतवार
विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

२१ कार्तिक २०८२, बिहीबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

हायातबाट टेलिभिजन चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

विप्लवको आह्वान– सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरौं

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति