संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांका नाकाबाट एकजना विदेशी नागरिक पक्राउ परेकी छन्। आइतबार दिउँसो बुल्गेरियाकी ३७ वर्षीया ग्यालिना इभाल्कोभना बोनालोभालाई निषेधित क्षेत्र भोटखोला–१ को मकालु बरुण राष्ट्रिय निकुञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

निषेधित क्षेत्रबाट फेला परेकी बुल्गेरियाकी नागरिक ग्यालिनालाई काठमाडौंस्थित बुल्गेरियाली दूतावास पठाउने तयारी भइरहेको डिएसपी गोदारले बताए। उनको स्वास्थ्यमा समेत समस्या रहेका कारण हेलिकप्टर माग गरिएको डिएसपी गोदारले बताए।

उनलाई अहिले किमाथांका प्रहरीले नियन्त्रणमा लिएर राखेको छ। उनी किमाथांका नाका आउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। किमाथांका नाकाबाट सदरमुकाम खाँदबारी आइपुग्न ३ दिन लाग्छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here