Tuesday, September 23, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

फैलिँदो दादुरा : एक वर्षमा १६ जिल्लामा १ हजारभन्दा बढी बिरामी

प्रभाव संवाददाता by प्रभाव संवाददाता
२ बर्ष अगाडि
in समाचार
0
फैलिँदो दादुरा : एक वर्षमा १६ जिल्लामा १ हजारभन्दा बढी बिरामी
4
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपालमा एक वर्षमा १६ जिल्लामा दादुरा संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा देशभरका १६ जिल्लामा दादुराको प्रकोप फैलिएको छ । यसकारण सन् २०२३ मा नेपाललाई दादुरा रुबेलामुक्त घोषणा गर्ने लक्ष्यमा सरकार असफल भएको छ।

सन् २०२३ सम्म दादुरामुक्त घोषणा गर्ने सरकारको तयारी भएकै वर्ष तीव्र गतिमा देशभरि दादुरा संक्रमण फैलिएर चुनौती थपिएपछि अब सरकारले सन् २०२६ सम्म नेपाललाई दादुरा तथा रुबेलामुक्त देश बनाउने लक्ष्य लिएको छ।

सन् २०२३ मा नेपालमा दादुरा रुबेलाको अन्त्य गर्ने लक्ष्य राखिएको भए पनि १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा ‘आउट ब्रेक’ भएको थियो।

दादुराको एकजना बिरामीले १८ जनासम्म संक्रमण सार्न सक्ने हुँदा दादुरा निकै छिटो फैलने रोगमा लिने गरिन्छ। दादुरा संक्रमण हावाको माध्यमबाट तीव्र गतिमा धेरै जनामा सर्ने हुँदा जनस्वास्थ्यको हिसाबले एकै जना बिरामी हुनु पनि ज्यादै जोखिमपूर्ण मानिन्छ।

एक बर्षमा यी जिल्लामा दादुरा संक्रमण

परिवार कल्याण महाशाखाका अनुसार एक वर्षमा सबैभन्दा धेरै दादुरा संक्रमण बाँकेमा देखिएको छ। १२ पुस २०७९ मा बाँकेको नेपालगञ्जमा देखिएको थियो। जसले १५ वर्षमुनिका बालबालिकामा दादुरा रुबेला संक्रमण तीव्र गतिमा फैलिएपछि महामारीकै रुप लिएको थियो र दादुराकै कारण एक बालकको मृत्युसमेत भएको थियो।

कोशी प्रदेशका २ जिल्ला मोरङ र सुनसरी, मधेश प्रदेशका ३ जिल्ला धनुषा, महोत्तरी र सर्लाही, बागमती प्रदेशका २ जिल्ला चितवन र काठमाडौंमा दादुराको प्रकोप देखिएको छ।

यसैगरी लुम्बिनी प्रदेशका ५ जिल्ला कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको एउटा जिल्ला सुर्खेत र सुदूरपश्चिम प्रदेशका ३ जिल्ला कैलाली, कन्चनपुर र बाजुरामा दादुराका बिरामी भेटिएका छन्। यी जिल्लामा गरी यो एक वर्षमा १ हजार ३ जना दादुराका बिरामी भेटिएका छन्।

यी १६ जिल्लामध्ये सबैभन्दा धेरै बाँकेमा ३२९ जना दादुराका बिरामी भेटिएका थिए। महोत्तरीमा १०५ जना, सर्लाहीमा ७७ जना, बर्दियामा ७३ जना, सुर्खेतमा ६५ जना, कैलालीमा ४७ जना, सुनसरीमा ४१ जना, चितवनमा ४० जना, कञ्चनपुरमा ३३ जना, मोरङमा ३२ जना, दाङमा २९ जना, धनुषा र कपिलवस्तुमा २३/२३ जना, बाजुरामा १८ जना, अर्घाखाँचीमा ११ जना र काठमाडौंमा ४ जनामा दादुरा पुष्टि भएको छ।

एक जनाको ज्यान गएपछि भने बाँकेमा गत पुस महिनामा ६ महिनादेखि १५ वर्ष उमेर समूहका कुल १ लाख ७३ हजार ३२४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ।

दादुरा संक्रमण देखिएका १६ वटा जिल्लामा कुल १६ लाख ८१ हजार ८५१ जना बालबालिकालाई खोप दिने तयारी भएको समेत महाशाखाले जनाएको छ।

यी स्थानीय तहमा धेरै संक्रमण देखियो

मन्त्रालयले कैलाली सुनसरी र महोत्तरी गरी ३ जिल्लामा बढी प्रक्रोप फैलिएको बताएको छ। यसमा कैलालीको धनगढी उपमहानगर पालिका, गौरीगंगा, गोदावरी बर्जु नगरपालिका भेरी र गौशाला नगरपालिकाको वडा नं २ र ५ मा पनि यो प्रकोप बढी देखिएको छ।

धेरै संक्रमण देखिएको यी स्थानीय तहका हालसम्म कुल २ लाख १५ हजार ५४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइको महाशाखाले जनाएको छ। परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा देखिएको दादुरा नियन्त्रणमा आएको जनाएको छ।

महाशाखाका खोप शाखाका भरत भण्डारीले अनुसार हाल गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित जोभो कदम्पा विद्यालयमा देखिएको दादुरा संक्रमण नियन्त्रणमा आइसकेको बताए।

यहाँ ४ जना दादुरा संक्रमित भेटिएका थिए भने विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षण देखिएको थियो। शंकास्पद बिरामीको संख्या ८ वर्षदेखि ३८ वर्षसम्म रहेका छन्।

Previous Post

पानी नपर्दा खेतमा सुक्दै तरकारी

Next Post

युनिलिभरको सेयर मूल्यमा नयाँ रेकर्ड

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
युनिलिभरको सेयर मूल्यमा नयाँ रेकर्ड

युनिलिभरको सेयर मूल्यमा नयाँ रेकर्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Bonus Immediato Senza Deposito At The Senza Documento Not Aams E Stranieri

७ आश्विन २०८२, मंगलवार

Bonus Siti Non Aams Stranieri Senza Deposito Freebet E Free Spin

७ आश्विन २०८२, मंगलवार
हात्ती भगाउने पुराना तरिका असफल, कञ्‍चनपुरका किसान चिन्तित

हात्ती भगाउने पुराना तरिका असफल, कञ्‍चनपुरका किसान चिन्तित

६ आश्विन २०८२, सोमबार
मन्त्रीमा सिफारिस भएकी संगीता मिश्राको नाम ‘होल्ड’

मन्त्रीमा सिफारिस भएकी संगीता मिश्राको नाम ‘होल्ड’

६ आश्विन २०८२, सोमबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : hamroprabhav@gmail.com

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Bonus Immediato Senza Deposito At The Senza Documento Not Aams E Stranieri

Bonus Siti Non Aams Stranieri Senza Deposito Freebet E Free Spin

हात्ती भगाउने पुराना तरिका असफल, कञ्‍चनपुरका किसान चिन्तित

मन्त्रीमा सिफारिस भएकी संगीता मिश्राको नाम ‘होल्ड’

हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो

काठमाडौंको गेस्ट हाउसमा एक युवती मृत फेला

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति