भारतको बेंगलुरुमा एक युवकले आफ्नो लिभ इन पार्टनरलाई प्रेसर कुकरले कुटेर हत्या गरेका छन्। हत्याको आरोप लागेका युवकले आफ्नी प्रेमिकाले आफूलाई धोका दिएको आशंकामा हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। घटना बेगुरको माइको लेआउटमा भएको हो। केरलाको तिरुवनन्तपुरमका २४ वर्षीय देवा विगत दुई वर्षदेखि वैष्णवसँग अपार्टमेन्टमा बस्दै आएका थिए।

प्रहरीका अनुसार कलेजमा सँगै पढेका दुवैले सेल्स एण्ड मार्केटिङ क्षेत्रमा काम गर्थे। वैष्णवलाई आफ्नी प्रेमिकाको अन्यत्र अफेयर भएको शंका थियो। यही कुरालाई लिएर दुईबीच झगडा हुन्थ्यो। आइतबार झगडापश्चात् देवाले वैष्णवलाई हत्या गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here