उत्तर कोरियाली नेता किम जोङ उनले यही महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने भएका छन्। एक अमेरिकी अधिकारीले युक्रेनमाथि आक्रमण जारी राखेको रुसका राष्ट्रपति पुटिनलाई भेट्न किम रुस जाने लगभग तय भइसकेको बताएका छन्।

बीबीसीका अनुसार युक्रेन आक्रमणमा समर्थनसहित रुसलाई अत्यावश्यक हतियार सहयोग गर्ने गरी किमको भ्रमण योजना बनिरहेको छ। दुवै देशले आधिकारिक जानकारी सार्वजनिक नगरेको यस भ्रमणमा पछिल्लो सयम अमेरिका र दक्षिण कोरियाबीच जारी संयुक्त सैन्य अभ्यासलगायतका विषयमासमेत छलफल हुने अमेरिकी अधिकारीहरूको अनुमान छ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदकी प्रवक्ता एड्रिएन वाट्सनले दुई देशबीच हतियार खरिद–बिक्रिका सम्बन्धमा महत्वपूर्ण सम्झौता हुनसक्ने बताए। यस्तै अर्का प्रवक्ता जोन किर्बीले हालै रुसी रक्षामन्त्री सर्गेइको उत्तर कोरिया भ्रमणका क्रममा उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र बेच्न पहल गरेको तर कुनै सम्झौता भने नभएको बताएको समाचार एजेन्सीले उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here