चीनले याओगान ३९ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ। आइतबार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो।

स्याटेलाइट याओगान—३९ बोक्ने लङ मार्च— टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो। आइतबारको प्रक्षेपण लङ मार्च रकेट श्रृङ्खलाद्वारा गरिएको ४८८ औं मिसन थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here