काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपकुलपति प्राडा केशरजंग बराललाई भेट्न अब पहिले नै समय लिनुपर्ने जनाएको छ। त्रिविले एक सूचना जारी गर्दै समय व्यवस्थापनको लागि अग्रिम समय लिनुपर्ने व्यवस्था गरिएकाे जानकारी दिएको हो।

त्रिविले अग्रिम समय लिनको लागि क्यूआर प्रयोग गरि अग्रिम समय लिन सकिने जनाएको छ।

सूचनामा भनिएको छ, ‘त्रिविका विभिन्न शैक्षिक, प्रशासनिक एवं अनुसन्धानलगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्राडा केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि तल उल्लेखित क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकलगायत सबैमा अनुरोध छ।’

उक्त  क्यूआर ​त्रिविले आफ्नो वेबसाइटमा राखेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here