कुनै बेला नेपालको वैकल्पिक राजनीतिमा सक्रिय भएको र त्यसका उतार-चढावमा प्रत्यक्ष भूमिका खेलेकोले अन्य देशको वैकल्पिक राजनीतिप्रति मेरो चासो हुन्थ्यो । त्यसमा पनि दक्षिण छिमेकी भारतको राजधानी नयाँदिल्लीको वैकल्पिक पार्टी आम आदमीका बारेमा चासो नहुने कुरै थिएन ।

सन् २०१६ मा आम आदमीको केन्द्रीय कार्यालय जाने मौका पाएको थिएँ । अहिले भने शैक्षिक कारणले केही समयदेखि नयाँदिल्लीमै रहेकोले मतदान जारी नै रहेको दिल्लीको चुनावबारे केही लेख्न गइरहेको छु ।

नेपालको पछिल्लो वैकल्पिक राजनीतिक अभियान र दिल्लीको वैकल्पिक पार्टी आम आदमीका बीचमा प्रत्यक्ष्य केही सम्बन्ध छैन । तर केही समानता भने भेटिन्छन् ।

नेपालमा स्वर्गीय उज्वल थापाले विवेकशील स्थापना गर्दा ताका नै अरविन्द केजरिवालले दिल्लीमा आम आदमी पार्टी स्थापना गरेका हुन् । सन् २०१३ मा दुवैले पहिलो चुनावी अनुभव गरे। पछि बाबुराम भट्टराई र रविन्द्र मिश्र लगायतले पनि वैकल्पिक राजनीतिकै कित्तामा आफूलाई उभ्याए ।

जे होस्, नेपालमा वैकल्पिक दललाई राष्ट्रिय पार्टी बन्न सन् २०२२ कुर्नुपर्‍यो, त्यो पनि अर्कै पार्टी (रास्वपा) र अर्कै नेतृत्वमा (रवि लामिछाने) । भारतमा भने त्यही पार्टी र नेतृत्वले सन् २०२३ मा राष्ट्रिय पार्टीको मान्यता पायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here