३० माघ, काठमाडौं । जनमत पार्टीले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीलाई ज्यादती गरेको भन्दै भर्त्सना गरेको छ ।

संविधानले देशको कुनै पनि भागमा पेशा रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता दिएको प्रति महानगरलाई स्मरण गराइएको छ ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बुधबार विज्ञप्ति निकालेर काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कवाड व्यवसायीहरूलाई विस्थापित गर्ने, उनीहरूको भवन तथा व्यावसायिक संरचनामाथि अदालतको आदेशविरुद्ध समेत जबरजस्ती डोजर चलाउने कार्य गरेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here