काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागिपरेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफू सभामुख हुँदा प्रधानमन्त्री ओलीले दुईपटक संसद् विघटन गरेको बताए।

उनले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने बताए। उनले सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्न खोजे पनि सरकार अध्यादेशको पासोमा परेको दाबी गरे।

उनले भने, ‘अझै पनि ठूला ठूला घटना घटाउन सक्छन् यिनीहरूले। फेरि म जोड दिएर भन्छु कि पहिला म सभामुख भएको बेलामा दुई पटकसम्म सदन विघटन गरेको थियो। आज पनि त्यतैतिर उद्यत छ यो सरकार र यो सरकारका प्रधानमन्त्री।’

उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद् विगत २३ दिनदेखि सरकारले कामविहीन भएको लज्जास्पद अवस्था बनाएको आरोप लगाए। उनले विद्युत प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिई हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here