काठमाडौं: नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

श्रेष्ठ सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश थिइन्। उनले वि.सं. २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ सम्म सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरिन्। कानुनी क्षेत्रमा उनले अधिकृतका रूपमा आफ्नो यात्रा सुरु गरेकी थिइन्।

श्रेष्ठको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिनेछ। उनी दुई छोराकी आमा थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here