खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिकी नेतृत्वसँगको तनावपूर्ण छलफलपछि निराश भएर स्वदेश फर्केका छन्। ह्वाइटहाउसस्थित ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग भएको बैठकमा खनिज सहयोगसम्बन्धी सहमतिमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच चर्काचर्की भएको स्रोतहरूले जनाएका छन्।

बैठकमा अमेरिकी पक्षले युक्रेनसँगको खनिज आपूर्ति सम्झौताका सर्तहरू कडा पार्न खोजेपछि जेलेन्स्की असन्तुष्ट बनेका थिए। उनले युक्रेनको हित प्रतिकूल कुनै पनि सम्झौता अस्वीकार्य हुने चेतावनी दिएका थिए, जसले बैठकलाई थप तनावपूर्ण बनाएको थियो। अन्ततः कुनै ठोस सहमति नभएपछि जेलेन्स्की निराश हुँदै अमेरिका भ्रमण छोट्याएर स्वदेश फिर्ता भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here