काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारमाथि जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छिन्।

आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जनताले बचत गरेको रकम सहकारीहरूले दुरुपयोग गरेर आमनागरिकलाई संकटमा पारेको बताइन्।

उनका अनुसार, राजनीतिक दलहरू अनुशासनहीन हुँदा तिनका नेता तथा कार्यकर्ताहरू नै सहकारी ठगीमा संलग्न भइरहेका छन्। उनले भनिन्, ‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकले ग्रस्त बनाएको छ। वृद्धवृद्धाहरूले आफ्नो जीवन धान्नका लागि संकलन गरेको बचत एकपछि अर्को गर्दै सहकारीहरूले नष्ट बनाइरहेका छन्। आफ्ना कार्यकर्तालाई नियन्त्रण गर्न नसक्दा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नै सहकारी अनियमिततामा मुछिएका छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here