संखुवासभा — संखुवासभा प्रहरीले टेम्पो चोरी गरेको आरोपमा हरि मग्रातीलाई पक्राउ गरेको छ। खाँदबारी नगरपालिका–९ का १८ वर्षीय हरि मग्राती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताएका छन्।

पक्राउ परेका मग्रातीले गत भदौ ५ गते खाँदबारी नगरपालिका–८, विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरेर राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरी गरेको उजुरी परेको थियो।

उनीलाई जिल्ला अदालत संखुवासभाले गत मंसिर ९ गते तीन महिना नौ दिनको कैद सजाय सुनाएको थियो। पक्राउ परेका मग्रातीलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here