सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि प्रतिपक्षी दलहरूले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ।

माओवादी, रास्वपा, राप्रपा लगायतका दलहरूले घिसिङलाई हटाउने कारणबारे संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नुपर्ने माग गरेका छन्। तर, ओलीले संसद्मा जवाफ नदिने बताएका छन्।

यस निर्णयविरुद्ध घिसिङ सर्वोच्च अदालत गएका छन्, जहाँ उनले बर्खास्तीलाई गैरकानुनी भन्दै रिट दायर गरेका छन्। पूर्वऊर्जामन्त्री शक्ति बस्नेतले सरकारमाथि दुई-तिहाइ बहुमतको दुरुपयोग गरेको आरोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here