नवलपरासी — दाउन्नेमा सामान्य वर्षासँगै राजमार्ग अवरुद्ध हुने समस्या बढेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चिनियाँ ठेकेदार कम्पनी र सरोकारवालासँग चितवनमा बैठक गरेका छन्।

मन्त्री दाहाल बिहीबार स्थलगत निरीक्षणपछि चार घन्टा जाममा परेपछि शुक्रबार बिहान छलफलमा सहभागी भएका हुन्। बैठकमा नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा तत्काल ग्राभेल थप्ने र सडक सम्याएर यातायात सञ्चालनमा ल्याउने सहमति भएको स्वकीय सचिव मनोज दाहालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here