लुम्बिनी प्रदेश सरकारले “थोरै योजना, धेरै बजेट” को अवधारणालाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले एउटै आयोजना वर्षौंसम्म अल्झिनु र त्यसबाट ढिलोगरी मात्रै प्रतिफल आउनु उचित नभएको निष्कर्ष निकाल्दै, बजेट छरिएर नजाओस् भन्ने उद्देश्यसहित योजनाको संख्यामा कटौती गर्ने तयारी थालेको हो।

यसै सन्दर्भमा, सरकारले पुराना अपूरा योजनाहरूको सम्पन्नतालाई पहिलो प्राथमिकतामा राख्नेछ भने नयाँ योजनाहरूको सङ्ख्या घटाइनेछ। लुम्बिनी प्रदेश सरकारले आगामी जेठ ४ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here