२९ साउन, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका २ उद्योग तथा फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बुधबार गरेको अनुगमनमा ललितपुर महानगरपालिका– १९ मा रहेको डीएमएस इन्टरप्राइजेज प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको छ । यस्तै ललितपुर महानगरपालिका–२० मा रहेको स्तुपा फर्निसिङ प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

जरिबाना तिराइएका उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।

यस्तै विभागले ६ वटा कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ वटा कम्पनीलाई भने सामान्य निर्देशन दिएको छ ।

विभागले बुधबार १२ वटा उद्योग तथा अनुगमन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here