६ भदौ, बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।

चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार कँडेललाई चितवनबाट बुधबार पक्राउ गरी रुपन्देही ल्याइएको छ ।

कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको एसपी क्षेत्रीले जानकारी दिए ।

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ मा बस्न जाने क्रममा ठूलो मात्रामा त्रिभुवन विश्वविद्यालय सहित समेतको गरी विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको एसपी क्षेत्रीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here