Home समाचार पशुपतिको सत्तलमा एक महिला मृत फेला

पशुपतिको सत्तलमा एक महिला मृत फेला

0
63

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।

पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।

मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।

NO COMMENTS