काठमाडौँ : शुक्रवार बस्ने प्रतिनिधिसभाको बैठकबाट भूमिसम्बन्धी विद्येयकलाई पारित गर्ने तयारी गरिएको छ। सभामुख देवराज घिमिरेले बिहीवार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूची निर्धारण गर्न छलफल गरेका थिए।

छलफलमा भूमिसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूची राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए।

भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ। प्रमुख सचेतक बर्तौलाका अनुसार भदौ १८ गते नागरिकतासम्बन्धी विधेयक र राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ।

भदौ १७ गते राष्ट्रियसभावाट सन्देशसहित संघीय निजामती विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिए।

त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ। भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी तयारी गरिएको बर्तौलाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here