१९ भदौ, काठमाडौं । नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ३६ वर्षीय सुनिल महर्जन, सोही ठाउँका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं महानगरपालिका–१२ का ५१ वर्षीय विनोद डंगोल, सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रेको पाँचखाल नगरपालिका–२ का ४८ वर्षीय हरिप्रसाद गौतम र बाराको निजगढ नगरपालिका–६ का ४५ वर्षीय मनोजकुमार आचार्य छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

उनीहरूले सरकारी कार्यालयको नक्की कागजात तथा छाप बनाएर घाइते खडा गर्ने, बी एन्ड बी अस्पतालमा उपचार गराएको भन्ने अस्पतालको नक्कली कागजात बनाउने र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीबाट बीमा रकम दाबी गरेको पाइएको एसपी बोहराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here