२७ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले यसको जानकारी दिएको छ।

ट्रम्प अहिले इजरायल पुगिसकेका छन् र उनको स्वागत इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले गरेका छन् ।

इजरायलपछि ट्रम्पले मिश्रको यात्रा गर्नेछन्, जहाँ उनले अन्य देशका नेताहरूसँग गाजामा शान्तिको विषयमा वार्ता गर्नेछन्।

सोमबार हमासले सात जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ। इजरायली सेनाले उनीहरू सातै जना इजरायलको सीमाभित्र प्रवेश गरिसकेको जानकारी दिएको छ।

ती सबै बन्धकहरूको दक्षिणी इजरायलमा स्वागत गरिनेछ, जहाँ उनीहरूले आफ्ना परिवारसँग भेट गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here