३० असोज, काठमाडौं। निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुगेका छन्।

आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको हो।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा सहभागी छन्।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका तोकिएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोल भएको थियो। आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि तत्कालीन प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था बनेन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। अन्तरिम सरकारको सिफारिसमा गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ।

आगामी निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ।

निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तर्गत गरिरहेका कामबारे दलहरूलाई जानकारी गराउने र दलहरूको सुझाव लिने उदेश्यले बिहीबारको छलफल आयोजना गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here