काठमाडौँ। नेपाल सरकारले भारतलाई नेपालली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सडक निर्माणको काम रोक्न भनेको छ ।

सरकारले महाकाली नदीपूर्वका त्यस क्षेत्रमा भारतले एकपक्षीय सडक निर्माण र विस्तार नगर्न भारतलाई आग्रह गरेको हो । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका छन् ।

दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत उनले बताएका छन्।

साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here