स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय अनुसार पछिल्लो २४ घन्टामा देशभर ४ हजार ९६१ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ एन्टीजेन परीक्षणमा ४२७ जनामा गरी सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
यस्तै कोरोना भाइरसबाट आज तीन जनाको मृत्यु भएको छ भने ४३५ जना डिस्चार्ज भएका छन्। आज देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ।





