काठमाडौंमा आज (सोमबार)बाट बुस्टर डोज लगाइने भएको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौंमा भने आजबाट सुरु हुनेछ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको हो ।
बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने सरकारले जनाएको छ । आजबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ ।
काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।





