२३ भदौको जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विशेश्वर भण्डारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा भएको विषयवस्तु र सिफारिस कार्यान्वयनको विषयमा आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्मासँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :

जाँचबुझ आयोगले आज सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा के छ ?

२३ र २४ भदौमा  भएको क्षतिको घटनाका बारेमा सरकारले हामीलाई जे गर्नु भनेको थियो, त्यही कुरा प्रतिवेदनमा छ । ती दुई दिनमा भएको भौतिक क्षति, मानवीय क्षति लगायत त्यसमा भएका कमीकमजोरीहरू, सुधारका उपायहरू, गल्ती गर्नेहरूका बारेमा आवश्यक कारबाहीका लागि सुझावका कुराहरू छन् ।

गल्ती भएको छ । गल्तीलाई कानुनी भाषामा त्यहाँ राखिदिएका छौं । रायसुझावमा कारबाही गर्नुपर्ने महलमा ती कुराहरू अलि विस्तृत रूपमा राखिदिएका छौं ।

र, आगामी दिनमा विभिन्न क्षेत्रहरूमा सुधारको आवश्यक त्यो पनि दिएका छौं । विभिन्न क्षेत्र भन्नाले सुरक्षा संयन्त्रहरू, निर्वाचन प्रणाली, शासकिय सुधारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतसँग सम्बन्धित कुराहरू छन् । समग्रमा सबै पक्षलाई समेटेर तिनका कमीकमजोरी र तिनलाई सुधार गर्न कुराहरू प्रतिवेदनमा छ ।

२३ भदौको घटनामा लापरबाही, हेलचक्राई वा बदनियत के देखियो ? तिनलाई कसरी र्गिकरण गर्नुभयो ?

गल्ती भएको छ । गल्तीलाई कानुनी भाषामा त्यहाँ राखिदिएका छौं । रायसुझावमा कारबाही गर्नुपर्ने महलमा ती कुराहरू अलि विस्तृत रूपमा राखिदिएका छौं ।

तत्कालिन मुलुकको कार्यकारी नेतृत्वदेखि फिल्डमा रहेर हतियार चलाउने सुरक्षाकर्मीहरूको बारेमा केही न केही उल्लेख छ ?

जसमा जो स्टेकहोल्डरहरू छन्, तिनका विषयमा स्पष्ट उल्लेख छ । विशेष गरी २३ भदौको सन्दर्भमा र २४ भदौको बारेमा पनि तथ्य संकलन गरेर उल्लेख गरेका छौं । किनभने त्यो विस्तृत र जटिल विषय छ, देशभर घटनाहरू भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here