काठमाडौं । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ।
आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो। नेपाल युएईसँग ६८ रनले पराजित भएको छ।





