७ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।
टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे । तेन्जिङले युकोबाट ६ अंक र इप्पोनबाट ३ अंक जोडे ।
यसअघि क्वाटरफाइनलमा तेन्जिङ मकाउका खेलाडी विरुद्ध १-० ले पछाडि रहँदा विपक्षीले गरेको गल्तीका कारण तेन्जिङ विजेता तोकिएका थिए ।