काठमाडौं, १७ चैत

नेपाल राष्ट्रिय फुटबल टोलीमा स्ट्राइकर नवयुग श्रेष्ठ र डिफेन्डर विकास खवासले पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप-२०२३ छनोटका लागि २४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका हुन् ।

अब्दुल्लाहले त्रिभुवन आर्मी फुटबल क्लबका दुई खेलाडीलाई समेट्दै टोली प्रशिषणमा बोलाएका हुन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर रहँदै आएका थिए ।

प्रशिक्षक अब्दुल्लाहले टिममा नयाँ खेलाडी भने कुनै पनि समावेश गरेका छैनन् । यस्तै जगजित श्रेष्ठ र आशिष लामा भने टोली बाहिर छन् । यसअघि टोलीमा डेब्यु गरेका सुदीप गुरुङ, आकाश बुढा मगर भने टोली बाहिर नै छन् ।

समूह ए मा रहेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ । सबै खेल कुवेतमा हुनेछन् ।

प्रशिक्षणमा डाकिएका २४ खेलाडीः

गोलरक्षकः किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ
रक्षकः अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी,
मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट
स्ट्राईकरः विमल घर्ती मगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here