काठमाडौं, १७ चैत

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट पूरा भएकाे छ ।

करणले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पिएनजी)विरुद्धको जारी खेलमा लेगा सिएकाको विकेट लिएसँगै अन्तर्राष्ट्रिय ट्वान्टी २० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।

करणले ५० विकेट ३५ खेलमा पूरा गरेका हुन् । उनीअघि नेपालका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पारे गरेका थिए । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए ।

आजको खेलसँगै नेपाली टिमको समेत टी–२० खेलमा ५० खेल पूरा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here