नेपालले भारतको विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई ३२५ मेगावाट विद्युत बिक्रीका लागि स्विकृति दिएको हो।
गत शनिबार नयाँदिल्लीमा भएको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा थप बिजुली निर्यात गर्ने विषयमा कुरा भएको थियो।





