प्रभाव सम्वाददाता, ४ बैशाख २०७९, काठमाडौं । इसाई समुदायको पुनरूत्थान उत्सवमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा पुर्व गृह राज्य मन्त्री समेत रहेका संघिय समाजवादीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मानव कल्याणका लागि येशू क्रुस चढ्नुभएको बताएका छन ।
काठमाडौमा आयोजित पुनरूत्थान विशेष शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अन्सारीले इसाई हुनु मात्रै ठुलो कुरा नरहेको र येशूको क्रुसको वलिदानको महत्व बुझेर अगाडी बढ्नु नै अर्थपूर्ण रहेको बताएका हुन ।
अल्पसंख्यक र धार्मिक समुदायको कार्यक्रममा राज्यको समानुपातिक उपस्तिथि नहुनु खेदजनक रहेको पनि उनले बताएका छन । उनले भने ‘आजको दिन जस्तो महत्वपूर्ण दिनमा राज्यको उपस्तिथि नहुनुले धर्म निरपेक्ष राष्ट्रको उफास भएको छ।’
यसैबीच सामाजिक एकता पार्टी अध्यक्ष सि. बि गहतराजले जसले जे भने नि नपत्याउन र प्रार्थनाको विषय नै बदल्न आग्रह गरेका छन् । उनको पार्टीले अबको केही वर्ष भित्र क्रिसमस र पुनरूत्थान दिन गरेर ५ दिन इसाई समुदायको अधिकार स्वरूप बिदा दिलाउने बताएका छन । उनले भने ‘ केही वर्ष भित्र ५ दिन राज्यको तर्फबाट सार्वजनिक विदा दिलाउने र इसाईहरुको सार्वजनिक कार्यक्रमका निम्ति राज्यकोष बाटै खर्च दिलाउने छौँ, त्यसको लागि हाम्रो पार्टीको निम्ति प्रार्थना गरिदिनुपर्छ।’
सोही कार्यक्रममा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले इगो र लोगोमा नअल्झीकन समाजमा आमूल परिवर्तन ल्याउने गरि धार्मिक समुदायहरू लाग्नुको विकल्प नरहेको बताएका छन ।
एनसिएफ नेपाल, राष्ट्रिय ख्रीष्टियन महासंघ र एनसिएस विच कार्यगत एकता पछिको यो पहिलो शुभकामना कार्यक्रम सयुक्त कार्यक्रम हो । पुनरूत्थान दिवस आज काठमाडौ उपत्यकामा ललितपुर, भक्तपुर र काठमाडौंमा हर्सोल्लासका साथ मनाइएको छ भने काठमाडौं उपत्यका बाहिर पनि यसरी नै मनाएका छन् ।





