नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै अध्यक्ष ओलीले भने– ‘निर्वाचनका क्रममा आफ्नो कर्तव्यबाट पर हटेर अपराध कर्ममा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ’, ओलीले भने,‘यतापट्टि सरकारको ध्यान जाओस् ।’
उनले मतदाताले आफुले चाहेका उम्मेदवारलाई मतदान गर्न नपाएको, सत्तापक्षले वलजफती गरेको, कतिपय स्थानमा गठबन्धनका प्रतिनिधिले अर्काको मत खसाएको भन्दै सरकारको चर्को आलोचना गरे । ‘निर्वाचन जस्तो हुनुपथ्र्यो त्यस्तो भएन’,उनले निर्वाचन भएकोमा खुशी मान्नुपर्ने भएपनि जुन तरिकाले निर्वाचन भयो त्यसले मुलुकलाई अँध्यारो सुरुङतिर धकेलेको बताए । ‘संविधान र राष्ट्रको भविष्यलाई अँध्यारो सुरुङ ङतिर धकेल्ने प्रयास भएको छ’, ओलीको भनाइ छ ।





