अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू–२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले बिहीबार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाले एएफसी यू–२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले केसीलाई टेक्निकल कमिटिको सिफारिसमा टिमको जिम्मेवारी दिएको  जानकारी दिए । प्रशिक्षक मेघराजले मंगलबारबाट जिम्मेवारी सम्हाल्नेछन् । एएफसी यू–२० एसियन छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगलादेश रहेको छ । यस समूहको छनोट खेल बहराइनमा हुनेछ ।  समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here