प्रदेश १ सरकारले लगातार तीन आर्थिक वर्षमा ल्याएको बजेट ‘फेल’ भए । चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सुधारोन्मुख देखिए पनि अर्थतन्त्रको सङ्कट भने कायमै छ ।

प्रदेश १ सरकारको बजेट लगातार फेल हुनुमा आय र व्ययको अनुमान ‘हावादारी’ हुनु हो । प्रदेश १ सरकारले ल्याएको आर्थिक वर्ष २०७४/०७५ को पहिलो बजेट सानो थियो । छोटो अवधिका लागि बनेको उक्त बजेट कार्यान्वयन सफलतापूर्वक भयो वा भएन भन्ने बहस खासै सान्दर्भिक देखिँदैन । किनकि उक्त आर्थिक वर्षको बजेट १ अर्ब २ करोड ५ लाखको थियो । तर, बजेट खर्च भने ६१ करोड ५५ लाख मात्रै भयो ।

त्यसपछिको तीन आर्थिक वर्ष ०७५/७६, ०७६/०७७ र ०७७/७८ को बजेट भने निक्कै हावादारी देखिएको छ । बजेट आय र व्ययको अनुमान नमिल्दा अहिलेसम्म प्रदेश १ सरकारको बजेटमा २७ अर्बको दायित्व थुप्रिएको स्वयम् अर्थ मन्त्रालय बताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here