आन्तरिक तथा बाह्य कारणले यतिबेला नेपालमा सञ्चालित तीन प्रकारका उद्योग समस्यामा परेका छन् । भारत सरकारले लिएको नीतिका कारण दुई प्रकारका उद्योग र नेपाल सरकारको नीतिले एक प्रकारको उद्योग समस्यामा पर्ने देखिएका हुन् । नेपालको कूल वैदेशिक व्यापारमध्ये ७० प्रतिशत व्यापार भारतसँग मात्रै छ । यस्तो स्थितिमा भारतले गर्ने साना–साना नीतिगत परिवर्तनले नेपालमा सञ्चालित उद्योग नै धराशायी बन्ने स्थितिमा पुगेका हुन् ।

भारतले सरकारले हालसालै दुई वटा नीति लिएको छ । भारतले फलामजन्य कच्चा पदार्थको निर्यात शुल्क वृद्धि गर्दै तयारी वस्तुको निर्यात प्रोत्साहन गर्ने नीति लिएको छ । यो नीतिले भारतबाट विदेशतर्फ निर्यात हुने फलामजन्य कच्चा पदार्थको निर्यात पूर्णतः निरुत्साहित बन्छ । यसैगरी, भारतले विदेशबाट आयात हुने खाने तेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झार्दा समेत नेपाल प्रत्यक्ष रूपमा प्रभावित बनेको छ ।

भारतले आफ्नो देशबाट निर्यात हुने फलामजन्य तयारी वस्तुको निर्यातमा प्रोत्साहन गर्ने नीति अख्तियार गरेको छ । यसले भारतमा रोजगारीको सिर्जना हुने र मूल्य अभिवृद्धि हुने भारतीय सरकारको आँकलन छ । सोही कारण, भारतबाट अन्य मुलुकमा निर्यात हुने स्पञ्ज आइरन र वायर रडको निर्यात शुल्क १५ प्रतिशत बढाएको छ । स्पञ्ज आइरन विलेटको कच्चा पदार्थ हो भने वायर रड समेत फलामजन्य वस्तुको कच्चा पदार्थ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here