संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरीने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउण्टेन, क्यान्टिन र गेट निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौँबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त्य भएको बताएका हुन् ।

‘जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहिबाट पहिलो उडान भर्नुपर्ने नियम लागू गराएको छु’, उनले भने, ‘अब धनगढीबाट पनि पहिलो उडान हुनेछ, जहाज आउने नआउनेबारे काठमाडौँमा सोध्नुपर्ने छैन ।’

सोमबारदेखि लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नुपर्ने निर्णय लागु भएको जानकारी गराउँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए ।  सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले कैलालीको धनगढी स्थित गेटा विमानस्थलको स्तरोन्नती सहित क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको जानकारी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here