आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९४ अंकको सुधार आएको छ । कारोबार समयदेखि बढ्न थालेको नेप्से परिसूचक निरन्तर बढ्दै उच्च अंकको वृद्धिसँगै बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९ सय ५६ अंकमा पुगेर बन्द भएको छ ।
त्यसक्रममा नेप्सेमा ३५ लाख ४१ हजार कित्ता सेयर किनबेच भइ १ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, आजको कारोबार रकमको तुलनामा १ अर्ब ४ करोड रुपैयाँले कम हो । आजको कारोबार रकमभन्दा त्यसअघि साताका ५ कारोबार दिनमा भने नेप्से परिसूचक घटेको थियो ।
नेप्सेमा झण्डै १०० अंकको उछाल आएको दिन सबै समूहमा सुधार आएको छ । यसमध्ये जीवन बीमा समूहमा ३६६ अंक, निर्जीवन बीमा समूहमा ३६२ अंकको सुधार आएको छ । यसैगरी, उत्पादनमूलक समूहमा २८४ अंकको र विकास बैंक समूहमा २५७ अंकको सुधार आएको छ ।
यसका साथै लघुवित्त समूहमा २३१ अंकको वृद्धि आउँदा जलविद्युत समूहमा १५६ अंक र व्यापार समूहमा १२१ अंकको सुधार आएको देखिन्छ । आज परिसूचकमा उच्च अंकको वृद्धि आउँदा सबैजसो समूहमा उल्लेख्य सुधार आएको छ ।





