मंगलबार रातिदेखि परेको अविरल बर्षाको कारण देशभर बाढी र पहिरो गएको छ । बाढी र पहिरोका कारण एक दर्जन जिल्लामा २० भन्दा बढी ठाउँमा राजमार्ग तथा भित्री सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बर्षासँगै परेको चट्टानका कारण बुधवार सिन्धुलीमा एक जनाको मृत्यु भएको छ ।  तीनपाटन गाउँपालिका–७ पोतेनी घर भएका ६० वर्षीय गोपाल तामाङको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । खेतमा काम गरेर घर फर्केका तामाङलाई आँगनमा चट्याङ लागेको थियो । चट्याङ लागेर सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली घर भएकी ३८ वर्षीया सुन्तली बम्जन घाइते भएकी छन् ।

गुल्मीको मदाने गाउँपालिका–२ गैरा गाउँमा चट्याङ लागेर ३९ वर्षका गोपाल भुसाल र ११ वर्षका बाबुराम भुसाल घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here