नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरापालिकामा मेयरकी उम्मेदवार घोषणा गरेकी दर्शनाले शुक्रबार राति काठमाडौं–५ मा संघीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी हुन्।

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ,’ शुक्रबार राति गरेको घोषणामा भनेकी छिन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here