काठमार्डौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ। पूर्व राजा शाह आजबाट ७५ वर्ष पुरा भएर ७६ लागेका छन्। जन्मदिनको अवसरमा शुभचिन्तकहरुले उनलाई शुभकामना दिइरहेका छन्।
राजा भए लगत्तै वि.सं २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उनीविरुद्ध २०६२/०६३ जनआन्दोलन गरेका थिए। सोही जनआन्दोलनको बलमा पुनःस्थापित संसदले देशमा गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए।





