पछिल्लो ११ महिनामा देशभर ५ सय ४८ जनाको हत्या भएको छ । २०७८ साउनदेखि २०७९ जेठसम्ममा ७ प्रदेश र उपत्यकामा ५४८ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हत्याका घटना प्रदेश १ मा सवैभन्दा धेरै भएको छ । पछिल्लो ११ महिनामा प्रदेश–१ मा ११२ वटा हत्याका घटना भएका छन् । मधेश प्रदेशमा १०४ वटा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । काठमाडौं उपत्यकामा ४२ जनाको हत्या भएको छ ।

लुम्बिनी प्रदेशमा ९८ वटा हत्याको घटना भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले रातोपाटीलाई बताए । बागमती प्रदेशमा ६०, गण्डकीमा ४२, कर्णालीमा ३७ र सुदुरपश्चिम प्रदेशमा ५३ जनाको हत्या भएको छ ।

हत्यामा संलग्न आरोपीमध्ये अधिकांश कानुनी दायरमा आएका छन् । थोरै संख्यामा फरार आरोपीको खोजी र अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here