कैलाली ।
बाजुराको बुढीगंगा नगरपालिका मेयर–उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् । नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ ।
मेयरमा एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई हराए भने उपमेयरमा एमालेकी मायाकुमारी खड्काले र कांग्रेसकी रिता शाहीलाई पराजित गरेकी छन् ।





