काठमाण्डौँ ।

राष्ट्रपति र प्रधानमन्त्रीले सत्ता छोड्ने भनेपछि श्रीलंकाली जनताले मनाए खुसी मनाएका छन् । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन प्रधानमन्त्रीको निजी निवासमा पसेर आगजनी गरेपछि राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने घोषणा गरेसंगै उनीहरुले खुसी मनाएका हुन् ।

आर्थिक अव्यवस्थाको विरोधमा श्रीलङ्कामा महिनौँयता प्रदर्शनहरू जारी छन्। शनिवार ठूलो सङ्ख्यामा राजधानी कोलम्बोमा जम्मा भएका प्रदर्शनकारीहरूले राजपक्षको राजीनामाको माग दोहोर्‍याएका थिए

राष्ट्रपति राजपक्षले आगामी बुधवार राजीनामा दिने जानकारी गराएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिङ्ग यस अघिनै राजीनामा दिन सहमत भएका छन्। संसद्‌का सभामुखले ूसत्ताको शान्तिपूर्ण हस्तान्तरणका लागिू राष्ट्रपतिले राजीनामा दिने निर्णय लिएको जानकारी गराएका छन्। उनले जनतालाई ूकानुनको सम्मानू गर्न पनि आह्वान गरेका छन्।

घोषणापछि सहरमा खुसीयाली मनाउँदै आतसबाजी गरिएको छ। शनिवारको घटनापछि अमेरिकाले श्रीलङ्काली नेतृत्वलाई देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आह्वान गरेको थियो।

शनिवारको प्रदर्शनमा दर्जनौँ घाइते भएका थिए। कोलम्बोस्थित मुख्य अस्पतालका प्रवक्ताले उपचाररतमध्ये कम्तीमा तीन जना गोली लागेका घाइते रहेको एएफपी समाचार संस्थासँग बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here