काठमाडौं ।
दुई दिन विदा दिने निर्णय गरेर पछि हटेको सरकारले फेरि दुई दिने विदा निदे तयारी गरेको छ । पेट्रोलियम पदार्थको उपभोग घटाउन भन्दै कर्मचारीलाई दुई दिन विदा दिने तयारी गरेको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार अब आलोपालोमा कर्मचारीलाई विदा दिएर कार्यालय ६ दिन नै सञ्चालन गर्ने गरी निर्णय हुनुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकिएको छ ।
कर्मचारीलाई साताको दुई दिन विदा दिँदा इन्धनको खपत पनि घट्ने र ६ दिन कार्यालय सञ्चालन गर्दा सेवाग्राहीलाई समेत अप्ठ्यारो नहुने मन्त्रालयको दाबी छ । यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ दिन कार्यालय सञ्चालन गरेपनि कर्मचारीलाई सातामा ५ दिन मात्रै काममा बोलाउनु पर्ने प्रस्ताव गरेको छ । यो प्रस्तावमाथि मन्त्रीपरिषद्ले निर्णय गरेपछि मात्र दुई दिन बिदा हुने छ ।
सरकारले सम्भव भएका कामहरु घरबाटै गर्ने गरी वर्क फ्रम होमको व्यवस्था मिलाउन निजी क्षेत्रलाई समेत निर्देशन जारी गर्ने तयारी गरेको छ ।
विगतमा दुई दिन कार्यालय बन्द गर्दा सेवाग्राहीलाई समस्या भएको गुनासो आएको थियो । मन्त्रालयले कोरोना महामारीका क्रममा लागू भएको जोर बिजोर प्रणाली पनि लागू गर्नुपर्ने प्रस्ताव गरेको छ ।
‘पेट्रोलियम पदार्थको खपत नघटाउने हो भने बजारमा पेट्रोल दिन नसकिने अवस्था आउने भएकाले समयै सचेतता अपनाउन यस्तो गर्न लागिएको मन्त्रालयका एक अधिकारीले बताए । जोरविजोरको नियम ‘कोरोना महामारीका क्रममा लागू भएको थियो । आयाल निगमले भारतीय आयल निगमलाई ३० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी हुनुका साथै पेट्रोलियम पदार्थमा निरन्तर घाटा बढ्दै गएपछि इन्धनको खपत घटाउनु पर्ने मन्त्रालयको प्रस्ताव छ ।





