काठमाडौं ।
सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन। सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक छन्।





